बुधबार, पुस ९, २०८२

तराईमा अझै गर्मी बढ्ने सम्भावना

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

काठमाडौं- देशको मध्य तथा पश्चिमी तराईका भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ।

National life

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको छ।

विभागका अनुसार ती भूभागमा अबका तीन दिन (जेठ २९ देखि ३१ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ। त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

महाशाखाले मंगलबार तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रकाशित: Jun 11, 2024| 12:04 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्