सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • संसद्‍मा गृहमन्त्री लामिछानेलाई प्रश्न- देश ठूलो कि जीबी राई ? गिरीबन्धुको फाइल कहिले खोल्ने ?

संसद्‍मा गृहमन्त्री लामिछानेलाई प्रश्न- देश ठूलो कि जीबी राई ? गिरीबन्धुको फाइल कहिले खोल्ने ?

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले देश ठूलो कि जीबी राई ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

National life

जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे। उनले भने, 'नौ मिनेट, चार मिनेट, दुई मिनेट आकाशमा भए पनि, पातालमा भए पनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो। कहिले पक्रिनुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौं।'

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा उनले‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ? भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे। मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने भन्दै उनले गृहमन्त्रीमाथि प्रश्न वर्षाए।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायत पुराना दलहरूले देश विकास गर्न नसकेको उनले आरोप लगाए। पुरानाले सुशासन दिन र काम गर्न नसकेकाले नयाँ दलहरूलाई जनताले जिताएर पठाएको उनको तर्क थियो।

उनले गिरीबन्धु टी–इस्टेटबारेको सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउन माग गरे। साथै कतिपटक गृहमन्त्री फेरिँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्ने भन्दै प्रश्न गरे।

Shivam cement

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुख्यमन्त्रीको हैसियतमा भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा गएको कि देशको प्रधानमन्त्रीको हैसियतमा भन्दै अर्को प्रश्न गरे।

प्रकाशित: Jun 11, 2024| 11:48 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्