बुधबार, पुस ९, २०८२

गर्मी छल्न जाने कि इन्द्रावती ?

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन्।

National life

विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने गरेको छ। काठमाडौं, भक्तपुर, ललितपुर उपत्यका र सिन्धुपाल्चोक आसपासका युवाका लागि त इन्द्रावती नदी आकर्षणको केन्द्रविन्दु नै बनेको छ।

उपत्यकाबाट नजिकै र थोरै समयमा पनि निक्कै मनोरञ्जन लिन सकिने भएकाले इन्द्रावती नदी धेरैको रोजाइमा परेको काठमाडौंदेखि पौडी खेल्न आएका प्रवेश पौडेलले बताए।

इन्द्रावती नदीको थप आकर्षण बढाउन स्थानीय तहले पूर्वाधारको क्षेत्रमा केही लगानी गरे अझै पर्यटनको सङ्ख्या बढ्ने र आन्तरिक आयस्रोत वृद्धिमा टेवा पुग्ने अर्का पर्यटक रञ्जन खड्काले बताए।

मेलम्ची हुँदै हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत ठाउँ जाने अधिकांश यात्रुलाई इन्द्रावती नदीले लोभ्याउने गरेको छ।

Laxmi sunrise bank
kumari

स्थानीय रामचन्द्र सापकोटा पनि नदीमा केही काम गर्न सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्छन्।

‘बगिरहेको खोलामा त यति धेरै मान्छे आउँछन्, अझै खोलामा डुङ्गा हाल्न सकेमा, खाजा तथा खानाका लागि अस्थायी भए पनि होटल राख्न सकेमा आन्तरिक स्रोतको विकास हुने र स्थानीयले आम्दानी गर्न सकिन्थ्यो। यसतर्फ सबैको ध्यान जान जरुरी छ,’ उनले भने।

विसं २०७८ सालको बाढीले बिथोलिएको यस खोलामा तीन वर्षपछि पौडी खेल्ने अवस्था बनको हो। यसबाट धेरेले आनन्द लिइरहेको छन्। यसलाई पर्यटन र आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको स्थानीयको भनाइ छ।

प्रकाशित: Jun 11, 2024| 10:02 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्