सोमबार, जेठ १८, २०८३

युवतीको अश्लिल भिडियो बनाएको आरोपमा दुई जना पक्राउ

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१
National life
Shivam cement

कैलाली- युवतीको अश्लिल भिडियो बनाएको आरोपमा सोमबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक छन्।

मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाई मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाई विभिन्न अश्लिल साइट सर्च गरेको भेटिइएपछि उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए।  

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 11, 2024| 08:46 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्