मंगलबार, वैशाख १, २०८३

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

जानकी- बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ। चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजातीअन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ।

National life

फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिंगर, रसियन भाईपर गरी ४९ वटा सर्प उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएकामध्ये विषालु सर्पअन्तर्गत फेटारा प्रजातिको सर्पको सङ्ख्या १५ रहेको छ भने गोमन सर्पको सङ्ख्या सात रहेको छ।

त्यसैगरी तीन करेत र तीन कोब्रा प्रजातिका सर्प उद्धार गरिएको छ। चारवटा चित्तल उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए। उनका अनुसार यस वर्ष एउटा मात्र पाटे बाघको उद्धार गरिएको छ। 

डिभिजन वन कार्यालय बाँकेको अनुसार आव २०७६/७७ मा जम्मा १७ वटा वन्यजन्तु उद्धार गरिएको थियो। आव २०७७/७८ मा ३४ वटा उद्धार गरिएको थियो। त्यसैगरी आव २०७८/७९ मा ३१ वटा वन्यजन्तुलाई उद्धार गरिएको र आव २०७९/८० मा ४२ वटा वन्यजन्तु उद्धार गरिएको कार्यालयको तथ्याङकमा उल्लेख छ।

सहायक वन अधिकृत शाहीका अनुसार वन्यजन्तु उद्धारको सङ्ख्या बढ्नुको कारण वन्यजन्तु हिँडडुल गर्ने जैविकमार्ग अतिक्रमणमा परेर मानव बस्ती विकास र भौतिक संरचना निर्माण गरिनु हो। यसका साथै वन्यजन्तु संरक्षणयमा चेतनाको विकास भएको हुनाले पनि वन्यजन्तु जीवितै उद्धार गरिएको सहायक वन अधिकृत शाहीले बताए। रासस

kumari

प्रकाशित: Jun 10, 2024| 22:01 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्