सोमबार, जेठ १८, २०८३

काठमाडौंको तापक्रम हालसम्मकै बढी, धनगढीमा पुग्यो ४४ डिग्री

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

काठमाडौं- केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ। खासगरी काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

आज सोमबार सबैभन्दा बढी तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ। धनगढीमा यो वर्षकै बढी तापक्रम ४४.१ डिग्री सेल्सियस यसअघि मापन गरिएको थियो।

महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ। वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम यस वर्षको अहिलेसम्म उच्च हो। महाशाखाका अनुसार यो वर्ष काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो।

यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भित्रिएको छ। मौसम भित्रिएसँगै गर्मी कम हुने अपेक्षा गरिएको छ।

Shivam cement

प्रकाशित: Jun 10, 2024| 19:19 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्