आइतबार, भदौ २३, २०८१

nespernesper

संघीय अस्पतालका सघन उपचार कक्ष सुधार गर्न संसदीय समितिको निर्देशन

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशभरका संघीय अस्पतालमा रहेका सघन कक्ष (आईसीयू) र अति सघन कक्ष (सीसीयू)को अवस्थाबारे अध्ययन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। 
 
समितिको आजको बैठकले वीर अस्पतालमा रहेका आईसीयू, सीसीयू बेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सञ्चालनको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो। 
 
समिति सभापति अम्मरबहादुर थापाले उपत्यकाका वीर, पाटन, त्रिवि शिक्षण अस्पतालको अवस्था र सेवा प्रवाहबारे समितिले अनुगमन गर्ने र स्वास्थ्य मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अघि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्नेसमेत निर्णय भएको जानकारी दिए।
 
बैठकमा उक्त मन्त्रालयको अवस्था, कार्यप्रगति र चुनौतीबारे छलफलपछि समितिले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार एवं सेवा प्रभावकारिताका लागि मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। 
 
यसैगरी समितिले अछामको बयलपाटा अस्पतालका लागि प्रदेश सरकारबाट बजेट विनियोजन नहुँदा सञ्चालन व्यवस्थापनमा कठिनाइ भएकाले विशेष अनुदानको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ।
 
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए। उनले देशका दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकलाई परिचालनमा देखिएको समस्याबारे समितिसमक्ष गुनासो गरे।
 
'देशमा तीन तहका सरकार छन् तर सबै तहले आ-आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन्', मन्त्री यादवले भने, 'चिकित्सकलाई दुर्गम पठाउँदा दबाब र प्रभाव आउने अवस्था छ। सबै चिकित्सक सुगम जाने भए दुर्गममा कसले सेवा दिने? यस्ता विषयमा पनि अब हामीले गम्भीर बन्नुपर्ने आवश्यकता छ।'
 
उनले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभावपूर्ति गर्नका लागि जनशक्ति थप्न आवश्यक पहलका लागि समितिलाई अनुरोधसमेत गरे। मन्त्री यादवले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय प्रयासरत रहेको र संघीय अस्पताल, औषधि व्यवस्था विभाग र स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्न थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रकाशित: Jun 10, 2024| 18:39 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्