बुधबार, पुस ९, २०८२

गाजामा युद्धविरामको प्रयास तीव्र

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

काठमाडौं- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन इजिप्ट पुगेका छन्। गाजामा युद्ध सुरु भएयता मध्यपूर्वमा यो उनको आठौँ यात्रा हो। 

National life

तीन दिनको भ्रमणमा उनी पहिला इजिप्ट पुगेका हुन्। ब्लिंकनको यो यात्राको उद्देश्य गाजामा युद्धविरामको प्रयासमा समर्थन जुटाउनु रहेको छ।

भ्रमणका क्रममा उनले अरब जगत्‌का नेताहरूसँग हमासमाथि शान्ति सम्झौताको मस्यौदालाई स्वीकार गर्न दबाब दिन अपिल गर्नेछन्। गत महिनाको अन्तिममा अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने घोषणा गरेका थिए। 

विदेशमन्त्री ब्लिंकनले सोमबारै इजरायल पुग्नेछन्। त्यहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नेछन्। बीबीसीका अनुसार अमेरिका यतिबेला इजरायली प्रधानमन्त्री नेतन्याहुसँग निराश महसुस गरिरहेको छ।

प्रकाशित: Jun 10, 2024| 17:27 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्