बुधबार, पुस ९, २०८२

गर्मी बढेपछि चितवनमा घटे पर्यटक

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

नारायणगढ- गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो।

National life

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ। उनले भने, “काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न।”   उनले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताए। गर्मी बढेको कारण पर्यटकको सङ्ख्यामा कमी आएको उनको अनुमान छ।

अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताए। उनले भने, “भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन्। जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ।”

जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन्। रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष धुर्व गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताए।

उनले भने, “हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन्।” यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उनले जानकारी दिए। उनले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताए।

Laxmi sunrise bank
kumari

चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आएका पर्यटनकर्मी रमेश दवाडीले वर्षायाममा पर्यटक स्वतः घट्ने बताए। नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताए।

उनले भने,, “मन्सुन सुरु हुन लागेको छ। अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ।” उनले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताए।

प्रकाशित: Jun 10, 2024| 19:01 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्