मंगलबार, साउन १२, २०८३

बलात्कारपछि हत्या गर्नेलाई आजीवन कैद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कास्की- गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले बुधबार कुसुमलाई जन्मकैदको सजाय सुनाएको हो ।

पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । कुसुममाथि भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो । हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए । 

घर नजीकै पसलमा बिस्कुट किन्न गएकी श्रेयालाई पैसाको प्रलोभन देखाएर कुसुमले बलात्कारको प्रयास गरेका थिए । त्यसको श्रेयाले प्रतिकार गर्न खोजेपछि रक्सीले मातेका कुसुमले घाँटी थिचेका थिए । त्यसपछि बेहोस भएको थाहा भएलगत्तै ढुङ्गाले टाउकामा हानेर श्रेयाको हत्या गरेर शव पूर्वतर्फ जङ्गलमा फालेका थिए ।

रक्सीले मात्तिएर श्रेयामाथि बलात्कारको प्रयास गरेका उनले आफूले बलात्कारपछि हत्या गरेको अदालतमा बयान दिएका थिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।