बुधबार, पुस ९, २०८२

विपिन जोशीको घरमा पुगेर के भने इजरायली राजदूतले ?

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

नेपालका लागि इजरायली राजदूत हनान गोदरले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारले निरन्तर पहल गरिरहेको बताएका छन्।

National life

कञ्चनपुरस्थित विपिनको घरमा आइतबार साँझ पुगेएका गोदरले विपिनको खोजीका लागि आफूहरु निरन्तर लागिरहेकाले चिन्तित नहुन परिवारलाई आग्रह गरे। राजदूत गोदर तथा विपिन अध्ययनरत कलेजका प्राध्यापकसहितको टोली घरमै पुगेको हो। राजदूत गोदरले विपिन पनि इजरायलका लागि परिवारका सदस्यजस्तै भएको उल्लेख गरे।

विपिनका परिवारले पनि सकुशल रिहाइका लागि पहल गर्न इजरायली टोलीसँग आग्रह गरेको थियो। हमासका लडाकुहरुले गत अक्टोबर ७ मा इजरायलमा आक्रमणका क्रममा विपिनसहित दुई सय जनाभन्दा बढीलाई बन्धक बनाएर लगेका थिए। यो अवधिमा विपिनको रिहाइका लागि नेपालले विभिन्न तवरबाट प्रयास गरे पनि सफल हुन सकेको छैन।

गत नोभेम्बरमा भएको संघर्ष विरामका क्रममा एक सय जनाभन्दा बढी बन्धकलाई हमासले रिहा गरे पनि विपिनको रिहाइ भएको छैन ।

प्रकाशित: Jun 10, 2024| 08:52 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्