बुधबार, पुस ९, २०८२

सीमा नाकाबाट ६ वर्षमा साढे ८ सयको उद्धार

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

महेन्द्रनगर- पछिल्लो छ वर्षमा कञ्चनपुर प्रहरीले यहाँको गड्डाचौकीलगायत सीमा नाकाबाट आठ सय ८९ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ।

National life

महेन्द्रनगरमा आइतबार आयोजित छुवाछूत तथा भेद्भाव, मानव बेचविखन तथा अपराध नियन्त्रणसम्बन्धी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आर्थिक वर्ष २०७५/७६ यता हालसम्म आठ सय ८९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको बताए। उनका अनुसार विभिन्न प्रलोभनमा भारतलगायत तेस्रो मुलुक लैजान लागिएका एक सय १८ जनाको चालु आवमा मात्रै उद्धार गरिएको बताए।

त्यसैगरी गत आवमा एक सय ७६, आव २०७८/७९ मा दुई सय दुई, आव २०७७/७८ मा ५६, २०७६/७७ मा एक सय २७ र आव २०७५/७६ मा २१० जना महिला तथा बालबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक जोशीले मानव बेचबिखन तथा ओसारपसारमा सूचना ढिलो गरी प्राप्त हुनु, अव्यवस्थित बसाइँसराइ र सहरीकरण, चेतनाको कमी, पुनःस्थापनाको उचित व्यवस्थापनलगायतका चुनौती रहेको बताए। त्यसैगरी कञ्चनपुरमा चालु आवमा मानव बेचविखन तथा ओसारपसारका सात वटा मुद्दा भएका छन्। गत आर्थिक वर्षमा यहाँ सो सम्बन्धी छ वटा मुद्दा दर्ता भएका थिए।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म मानव बेचबिखन तथा ओसारपसारका एक सय एक वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कले देखाएको छ। त्यस्तै जातीय छुवाछुत तथा भेदभावका घटनाहरु पनि सुदूरपश्चिममा विद्यमान रहेको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

सुदूरपश्चिम प्रदेशमा यस वर्ष छुवाछुत तथा भेदभावका ५३ वटा मुद्दा दर्ता हुनुका साथै कञ्चनपुरमा गत आर्थिक वर्षमा दुई वटा मुद्दा दर्ता भएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले छुवाछूत तथा भेद्भभावविरुद्ध कानुन एउटा औजार मात्रै भएको बताउँदै सामूहिक प्रयासले यसको न्यूनीकरण हुनेमा जोड दिए।

'तीन तहका सरकार छन्, प्रहरी सुदूरपश्चिमका सबै जिल्लामा जनतामा पुगेर यसको सचेतना फैलाउन अग्रसर छ', उनले भने, 'स्थानीय सरकार पनि छुवाछूत एवं मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि जन परिचालनका लागि अग्रसर हुनुपर्छ।'

सो अवसरमा प्रदेश सरकार आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सशील वैद्य, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, दलित, महिलालगायत विभिन्न सङ्घ सङ्गठनमा आबद्ध संस्थाका प्रमुखहरुले धारणा राखेका थिए।

प्रकाशित: Jun 10, 2024| 10:00 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्