मंगलबार, वैशाख १, २०८३

तीन प्रदेशमा वर्षाको सम्भावना

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

काठमाडौं– अहिले देशको पहाडी भूभागमा आंशिक बदली भई कोशी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीका साथै बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा राति पनि वर्षाको सम्भावना रहेको छ।

kumari

प्रकाशित: Jun 10, 2024| 07:11 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्