सोमबार, असार २, २०८२

प्रधानमन्त्री मोदीसँगै ३० जना मन्त्रीले लिए शपथ

 |  आइतबार, जेठ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

vianetvianet

काठमाडौं- भारतीय प्रधानमन्त्रीले तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विभिन्न राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख तथा भारतका उच्च संवैधानिक, राजनीतिक, कूटनीतिक तथा सार्वजनिक क्षेत्रमा व्यक्तित्वहरुको उपस्थितिमा मोदीको शपथ भएको हो। मोदीको शपथमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि नयाँ दिल्ली पुगेका छन्।

यो शपथसँगै मोदी लगातार तीन पटक प्रधानमन्त्री बन्न सफल स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको हाराहारीमा पुगेका छन्। नेहरुले लगातार १५ वर्ष भारतको शासन गरेका थिए। आफ्नो शपथसँगै मोदीले ३० जना क्याबिनेट मन्त्रीको शपथ गराएका छन्। मोदीको गठबन्धनका ११ दल समावेश छन्।
 

प्रकाशित: Jun 09, 2024| 20:56 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्