सोमबार, असार २, २०८२

भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

 |  आइतबार, जेठ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन्।

प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९  ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ। यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ।

उनीहरु विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित: Jun 09, 2024| 20:44 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्