बुधबार, पुस ९, २०८२

मोटरसाइकल दुर्घटनामा असईको मृत्यु

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेसीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। दुर्घटनामा प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन्।

National life

आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका-९ धनुषा घर भई प्रहरी चौकी रत्नावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो। 

भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। ठाकुर प्रहरी चौकी रत्नावतीका इन्चार्ज समेत हुन्।  

सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

गम्भिर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका हेलिकप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पठाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 09, 2024| 20:04 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्