बुधबार, पुस ९, २०८२

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

सिरहा- सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ।

National life

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो। वडा नं १ स्थित  ११ करोड ५८ लाख आठ सय १२ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महिनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौँले ठेक्का पाएको थियो।

भवन निर्माण गर्न दुई महिना मात्र समय बाँकी रहे पनि ठेकेदार निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताए।

सो भवन ‘अण्डर ग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपाङ्गतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरुपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ।  भवनमा सेवाग्राहीका लागि डिपिआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन।

भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेश्की रकमसहित रु तीन करोड पाँच लाख २० हजार बुझेको गाउँपालिकाका इञ्जिनियर प्रविन भक्तले जानकारी दिए। भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उनले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ। गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताए।

गाउँपालिकाको आफ्नै भवन नभए पनि साविक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिँदै आएको छ। केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक रु २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: Jun 09, 2024| 17:31 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्