बुधबार, पुस ९, २०८२

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

सुर्खेत- जाजरकोटको भेरी नगरपालिकाले परीक्षणका रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ। यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो।

National life

भेरी नगरपालिका-२ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।

अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका-३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिए। उन्नतजातको बीउ उत्पादनको काम सफल भइ किसानहरुले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उनले बताए।

भेरी नगरपालिकाको किसानहरुलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा जाने गरिएको उनले जानकारी दिए। भेरी नगरपालिकाबाट उन्नत जातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भइ बजारीकरणको काम समेत भइरहेको उनले बताए। हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीले बताए।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती ,मनकामना-३ जातको- भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमा लगाउँदै आएको छ। त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका ३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताए।

Laxmi sunrise bank
kumari

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ,प्याज,रायो,मुला, केराउ र सिमी लगाएतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उनले जानकारी दिए।

हाल रामपुर हाइब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनले बताए। रासस

प्रकाशित: Jun 09, 2024| 22:01 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्