बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बिहान १० बजेदेखि बन्द गरिएको आँबुखैरेनी-मुग्लिन सडकखण्ड सञ्चालनमा

बिहान १० बजेदेखि बन्द गरिएको आँबुखैरेनी-मुग्लिन सडकखण्ड सञ्चालनमा

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

National life

आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतका लागि आज बिहान १० बजेदेखि बन्द गरिएको उक्त सडक खण्ड दिउँसो १:१० बजेदेखि सञ्चालन भएको हो।

राजमार्ग बन्द भएको समयमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाने सवारीसाधनलाई आँबुखैरेनी नजिक रोकिएको थियो। राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुंगाहरु झार्नुपर्ने भएकाले सडक अवरुद्ध गरेर काम गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो। हाल भासिएको सडक मर्मत भइरहेको छ।

Laxmi sunrise bank
kumari

निर्माण व्यवसायी जीएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मत गरिरहेको छ। मर्स्याङ्दी नदीदेखि पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jun 09, 2024| 16:01 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्