सोमबार, साउन ११, २०८३

शिक्षक आयोगमा पुनःयोगको भीड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ। 

केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन्। नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो। आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ। उनले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताए। 

सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताए। आयोगले पुनःयोगबारे विज्ञ बोलाइ पुनःयोग गर्नेछ। 

करीब ४० प्रतिशत शिक्षक अनुत्तीर्ण भएका छन्। उनका अनुसार दैनिक सय जनाको दरले तीनै तहमा पुनःयोगका लागि निवेदन दिएका छन्। पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक जनाको मात्र परिवर्तन भएको उनले बताए। 

यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२ हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।