मंगलबार, असार ३, २०८२

मोदीको शपथमा भाग लिन दाहाल भारत प्रस्थान

 |  आइतबार, जेठ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

आज नै नयाँ दिल्लीमा हुन गइरहेको भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आजै संक्षिप्त भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल, कानुनमन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्।

टोली भोलि स्वदेश फर्कने कार्यक्रम छ। मन्त्रिपरिषद्को बिहीवारको बैठकले प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी हुने निर्णय गरेको थियो।

प्रकाशित: Jun 09, 2024| 13:40 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्