बुधबार, पुस ९, २०८२

झोलुंगे पुलमा १३ खच्चर फसेपछि...

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

दैलेखमा १३ वटा खच्चर कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका छन्।

National life

दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका हुन्।

आइतबार बिहान पञ्चदेवल नगरपालिकाबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेका थिए।

स्थानीयका अनुसार पुलको हिँड्ने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेका हुन्। खच्चरहरू घाइते भएका बताइएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ।

प्रकाशित: Jun 09, 2024| 11:30 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्