मंगलबार, असार ३, २०८२

विद्यार्थीले जलाए सरकारी गाडी

 |  आइतबार, जेठ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

vianetvianet

मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन्।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुडापछि विद्यार्थीले आगजनी गरेका हुन्। प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन्।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन्। निजी स्कुलहरुले मनपरी शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरीको दाबी छ। त्यसक्रममा नगर प्रहरीमाथि उनीहरुले आक्रमण गरेका थिए।

प्रकाशित: Jun 09, 2024| 11:12 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्