शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उच्च मूल्यको रेकर्ड बनाएको सुन एकैदिन चार हजार घट्यो

उच्च मूल्यको रेकर्ड बनाएको सुन एकैदिन चार हजार घट्यो

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 09, 2024| 11:06 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्