मंगलबार, असार ३, २०८२

बजेट पुस्तक अध्ययन गर्न संसद् बैठक दुई दिन स्थगित

 |  आइतबार, जेठ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

vianetvianet

काठमाडौं- प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित भएको छ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। अब २९ गतेदेखि नियमित छलफल हुनेछ। विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक सार्नुपरेको हो।

सभामुख देवराज घिमिरेले बोलाएको आजको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए।

प्रकाशित: Jun 09, 2024| 10:20 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्