कांग्रेसका केन्द्रीय पदाधिकारी र संख्याको विषयमा भएको सहमति भाँडिएपछि महासमिति बैठक अन्योलमा परेको छ । कांग्रेसका शीर्ष नेताहरुले गरेको सहमति केन्द्रीय सदस्यले नमानेपछि बैठक भाँडिएको हो।
निकै अपेक्षा र उत्साहका साथ महासमिति बैठकमा भाग लिन राजधानी आएका नेपाली कांग्रेसका प्रतिनिधिहरु यतिबेला निराश छन्। विधान संशोधनमा भइरहेको लफडा, बन्द शत्रको तनाव, नेतृत्वको लाचारी, गुटगत झगडाले उनीहरु खल्लो महसुस गरिरहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ। स्थायी कमिटीले प्रतिवेदनमाथि धारणा राख्नेक्रममा नेताहरुले सरकारको भूमिकाका विषयमा गम्भीरताका साथ प्रश्न उठाउँदै मन्त्रिमण्डल पुर्नगठन गर्न माग गरेका छन् ।
राजधानीमा पकेटमारको बिगबिगी बढेपछि प्रहरीले विशेष अप्रेशन सञ्चालन गर्यो। १५ मंसिरबाट सञ्चालन गरेको अप्रेशनमा ७७ जनालाई बुधबार सार्वजनिक गरेको छ। काठमाडौंमा सञ्चालन हुने सार्वजनिक यातायात पकेटमारका लागि विशेष 'स्पट' भएको सूचनाका आधारमा प्रहरीले २५० जना सादा पोसाकका प्रहरी परिचालन गरेको थियो।
अर्थमन्त्री युवराज खतिवडाले चिनी उद्योगीहरुलाई नाफा धेरै नखान आग्रह गरेका छन्। बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अनुदान कटाएर चिनीको मूल्य निर्धारण हुनुपर्ने बताए।
काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न चीनको चाइना रेल वे २५ औं ब्युरो ग्रुप कम्पनीसँग बुधबार सम्झौता गरिएको छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उक्त कम्पनी बीच बुधबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता भएको हो।
जनकपुरस्थित जानकी मेडिकल कलेज फेरी विवादमा तानिएको छ। व्यवस्थापकीय कमजोरीका कारण धाराशायी बन्दै गएको जनकपुरको एकमात्र मेडिकल कलेज जानकी मेडिकल कलेज प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना गरेपछि विवादमा तानिएको हो।
बुधबार २ बजे विराटनगरमा आएका भारतीय राजदुत मन्जितसिंह पुरीले विराटनगरबाट भारतीय सहर पटना र कलकत्ता सम्म सिधा हवाई सम्पर्क हुनुपर्ने बताएका छन। नेपाल उद्योग वाणिज्य संघको आयोजनामा भएको नेपाल-भारत सिमापार गोष्ठीको सम्बोधन गर्न विराटनगर आएका राजदुत पुरीले यस्तो बताएका हुन।
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत बुधबारको इलिमिनेटर खेलमा चितवन टाइगर्सलाई परासजत गर्दै भैरहवा ग्लाडियटर्स क्वालिफायरमा प्रवेश गरेको छ । भैरहवाले चितवनलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मीसँग १-१ को बराबरीमा खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि निराजन खड्काले गोल गरेका थिए भने आर्मीका जर्जप्रिन्स कार्कीले गोल गरेका थिए ।
बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ। तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रबासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस बिषयमा संवेदनशील बन्न आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...