मंगलबार, जेठ १९, २०८३

अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

 |  शनिबार, जेठ २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २६, २०८१

५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी पूर्वअन्तरिक्ष यात्री विलियम एन्डर्सको मृत्यु भएको छ। शुक्रबार विमान दुर्घटनामा परी ९० वर्षीय एन्डर्सको मृत्यु भएको उनको परिवारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।

National life

एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए।

उनका अनुसार विमानमा एन्डर्स एक्लै थिए। शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए।

डिसेम्बर १९६८ मा अपोलो–८  मिसनको सदस्य, एन्डर्स उनका समकक्षी फ्रांक बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तीमध्ये एक हुन्।

चन्द्रमाको एउटा कक्षबाट, एन्डर्सले चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए। ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’को सूचीमा समावेश गरिएको थियो।

Shivam cement

‘सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठुलो उपहार प्रदान गर्नुभएको थियो,’ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएका एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हालेका थिए।

आणविक नियामक आयोगको पहिलो अध्यक्ष बन्नुभयो र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा काम गरेका थिए।

प्रकाशित: Jun 08, 2024| 19:22 शनिबार, जेठ २६, २०८१
प्रतिक्रिया दिनुहोस्