बुधबार, पुस ९, २०८२

काठमाडौंका यी ठाउँमा आज दिनभर बत्ती नहुने

 |  शनिबार, जेठ २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २६, २०८१

काठमाडौंका विभिन्न स्थानहरूमा आज शनिबार विद्युत अवरूद्ध हुने भएको छ।

National life

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुनेछ। प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भनेको हो।

मौसम प्रतिकूल रहेको अवस्थामा भने विद्युत आपूर्ति बन्द नहुने पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने पूर्वजानकारी समेत दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 08, 2024| 08:54 शनिबार, जेठ २६, २०८१
प्रतिक्रिया दिनुहोस्