बुधबार, पुस ९, २०८२

सदस्यता विवादका कारण सर्‍यो पत्रकार महासंघको चुनाव

 |  शनिबार, जेठ २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २६, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघको चुनाव सरेको छ। २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो।

National life

मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिएका छन्। विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो।

असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि यकिन मिति भने तोकिएको छैन ।

साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन्।
 

प्रकाशित: Jun 08, 2024| 06:46 शनिबार, जेठ २६, २०८१
प्रतिक्रिया दिनुहोस्