काठमाडौं- काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्।
बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पक्राउ गरेको हो।
बाल मन्दिरको जग्गालाई विभिन्न गतिविधिमा प्रयोग गरेको भन्दै काठमाडौं जिल्ला अदालतले वैशाख २७ गते २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। जसको एक महिनापछि श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो।
पक्राउ पुर्जी जारी हुनेमा तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठ पनि छन्। यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ।