बुधबार, पुस ९, २०८२

गुडिरहेको 'लोडोर' पहिरोले पुरिँदा चालकको मृत्यु

 |  शुक्रबार, जेठ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

National life
Laxmi sunrise bank
kumari

लमजुङ- लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ।  

आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए। 

गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ। 

प्रकाशित: Jun 07, 2024| 15:14 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्