मंगलबार, जेठ १९, २०८३

बन्द भए चितवनका इँटा उद्योग

 |  शुक्रबार, जेठ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

चितवन- जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भएका छन्। विगतमा ४४ वटासम्म रहेको इँटा उद्योग अहिले पूर्ण रुपमा बन्द भएका हुन्।

National life

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए। ती उद्योग क्रमश: घट्दै अहिले पूर्ण रुपमा बन्द भएका हुन्।

सापकोटाले भने, 'विगत डेढ वर्षभित्र जिल्लाका सबै इँटा उद्योग बन्द भएका छन्।'

उनका अनुसार आर्थिक मन्दीका कारण इँटाको माग घट्नु र अस्वस्थ प्रतिस्पर्धाले उद्योग बन्द भएका हुन्। यससँगै बाहिरी जिल्लाबाट कम गुणस्तरका इँटा आउने र त्यस्ता इँटा सस्तो मूल्यमा दिँदा उपभोक्ता झुक्किएर यहाँको उच्च गुणस्तरको इँटा खपत हुन नसकेको उनको भनाइ छ।

उद्योग बन्द भएसँगै एक अर्ब रूपैयाँभन्दा बढी नोक्सान भएको सापकोटाले जानकारी दिए। उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाएका छन्। बाहिरी जिल्लाबाट आउने इँटाको भर पर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

Shivam cement

जिल्लामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट इँटा आउने गरेका छन्। रासस

प्रकाशित: Jun 07, 2024| 18:01 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्