सोमबार, असार ३१, २०८१

ईश्वरी बरालको 'माया छ कि छैन' सार्वजनिक

 |  शुक्रबार, जेठ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।
भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। गीत श्री ईश्वरी प्रडक्सन  युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। 

triton college

म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ। 

कोरियोग्राफि शिशिर खातीले गरेका छन्। 

शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

प्रकाशित: Jun 07, 2024| 14:31 शुक्रबार, जेठ २५, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्