काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। आज उक्त मूल्यको रेकर्ड तोडिएको छ।
बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ।
चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा करोबार भइरहेको छ। बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो।