मंगलबार, जेठ १९, २०८३

श्रीमती हत्याको अभियोगमा सैनिक जवान पक्राउ

 |  शुक्रबार, जेठ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

काठमाडौं- दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन्।

National life

शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए।

उनलाई तुलसीपुरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनले खुकुरी प्रहार गरी आफ्नी श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका थिए।  

पक्राउ परेका बुढाथोकीले  श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Jun 07, 2024| 10:25 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्