सोमबार, साउन ११, २०८३

‘घरेलु कामदारलाई पनि सामाजिक सुरक्षा’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले घरेलु कामदारका रूपमा श्रममा खटिएका व्यक्तिलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने बताएका छन्।

‘तत्काललाई प्रतिष्ठानहरुमा लागू हुने भए तापनि कालान्तरमा योजना सबैमा लागू हुनेछ,’ उनले भने। उनले चिया उद्यमीहरुलाई सरकारले निर्धारण गरेको श्रमिकको ज्याला तथा सामाजिक सुरक्षा कार्यक्रम लागू गराउन निर्देशन दिए।

‘जसमा केही अप्ठ्यारा आए छलफल गरौं,’ उनले भने, ‘तर कसैले सरकारको कानुन मान्दिनँ भन्न पाउदैन। त्यसको जबाफ सरकार आफैंले दिन्छ।’
उनले सरकारको निर्णय अवश्य पूरा हुने बताए। बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पूर्वमन्त्री तथा चिया उद्योगी दीपक बास्कोटाले पछिल्लो समय सरकारले निर्धारण गरेको चिया मजदुरको पारिश्रमिकलगायतमा संशोधन गर्नुपर्ने माग राखेका थिए। 

संशोधन नभए सरकारलाई उद्योग जिम्मा दिएर उद्योगीले संन्यास लिन पनि सक्ने चेतावनी दिए। ‘यहाँ कतिपयले संविधान नमान्दा त भएको छ,’ उनले भने, ‘त्यस्तालाई केही हुन सकेको छैन।’ 

अर्का चिया उद्योगी सुरेशकुमार अग्रवालले हालको संशोधित ज्याला तथा मजदुरका लागि स्थापना हुने कोष उद्योगले थेग्न नसक्ने बताए। उनले मुलुकमा उद्योगीमैत्री कानुन नबनेको जिकिर गरे। 

जिफन्टका उपाध्यक्ष दीपक पौडेलले भने साउन १ गतेदेखि लागू हुनुपर्ने पछिल्लो ज्याला दर हालसम्म पनि लागू हुन नसकेकोमा आक्रोश व्यक्त गरे। 
श्रम ऐन-२०७४ अनुसार औद्योगिक क्षेत्रका श्रमिकको मासिक तलब १३ हजार ४५० छ। चिया मजदुरको भने १० हजार ७८१ रुपैयाँ मात्रै छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।