मंगलबार, जेठ १९, २०८३

भारत, अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाइए

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१
National life
Shivam cement

काठमाडौं- सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारले भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो।

पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक महिनाको समय दिएर फिर्ता हुन भनेको छ। फिर्ता बोलाइएका राजदूतहरू नेपाली कांग्रेस र जसपा नेपालको कोटाबाट नियुक्त भएका हुन्।
 

प्रकाशित: Jun 06, 2024| 21:34 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्