बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गाँजा खेतीबारे छलफल गर्न संसदीय समितिले चार मन्त्रीलाई बोलायो

गाँजा खेतीबारे छलफल गर्न संसदीय समितिले चार मन्त्रीलाई बोलायो

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

काठमाडौं- आगामी आव २०८१-८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चार जना मन्त्रीलाई बोलाएको छ।

National life

आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। समितिले बजेटको २९ औं बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउन लागेको हो।

बैठकमा गाँजा खेतीको औषधि प्रयोजनका लागि यसको उत्पादन, प्रशोधन, बिक्री-वितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ।

छलफलका लागि आठवटा मन्त्रालयलाई आमन्त्रण गरिएकोमा चार जना मन्त्री नै उपस्थित हुनेछन् भने अन्य मन्त्रालयबाट सचिवको सहभागिता रहनेछ।

समितिले गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आमन्त्रण गरेको छ। यी मन्त्रालयका सचिव पनि उपस्थित हुनेछन्।

Laxmi sunrise bank
kumari

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्वसमेतको सहभागितामा छलफल हुने बताइएको छ।

 

प्रकाशित: Jun 06, 2024| 14:41 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्