बुधबार, पुस ९, २०८२

सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

सर्लाही- सर्लाहीमा ३६ वर्षको अवधिमा दर्ता भएका ९१ वटा निजी वनमा २६ प्रजातिका बोटबिरुवा हुर्किरहेको पाइएको छ।

National life

जिल्ला डिभिजन वन कार्यालयका अनुसार सिसौ, मसला, खयर, टिक, सिमल, कटहर, कपोक, डालेघाँस, आँप, तिल्के, सिरिष, टिकुल, जामुन, पिठारी, बकाइनो, सतिसाल, असना, कर्मा, पौलोनियाँ, कपुर, खमारी र अर्जुनालगायतका २६ प्रजातिका बोटबिरुवा हुर्काएको हो।

पुस ११ गतेदेखि हालसम्म जिल्लामा ९१ वटा निजी वन दर्ता भएका उक्त कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जनले जानकारी दिए।

जिल्लामा दर्ता भएका निजी वनको नियमित व्यवस्थापन नभएको अनुगमनका क्रममा आफूहरूले पाएको जानकारी दिँदै उनले विस्तृत नाप जाँचपछि बोटबिरुवाको लगत अद्यावधिक गर्न सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको बताए।

प्रकाशित: Jun 06, 2024| 22:01 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्