शनिबार, भदौ ६, २०८३

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

पर्सा- बिजुलीका पोल बिहीबार  रातिको  हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ। गर्मीको यो याममा बिजुली  नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। 

बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए। वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन्। अहिले यहाँ वर्षा भइरहेको छ।

प्रकाशित: Jun 06, 2024| 11:47 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्