बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दक्षिणकालीको भीरमा दुईजनाको शवसँगै भेटियो क्षतविक्षत मोटरसाइकल

दक्षिणकालीको भीरमा दुईजनाको शवसँगै भेटियो क्षतविक्षत मोटरसाइकल

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा दुई जनाको शव भेटिएको छ। सडकभन्दा मुनि भीरमा एक पुरुष र एक महिलाको शव भेटिएको हो।

National life

शवसँगै प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल क्षतविक्षत अवस्थामा फेला परेको छ। मोटरसाइकलका पार्टपुर्जा प्रहरीले संकलन गरेको छ।

सडकबाट मोटरसाइकल खसेर उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका–५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन्।

दुवैको शव सडकबाट करिब दुई सय मिटर तल भीरमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बुधबार साँझ भीरमा दुई जनाको शव देखेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो।

प्रहरी वृत्त कीर्तिपुरबाट समेत अनुसन्धान अधिकृतको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। भीरमा अड्किएको दुवैको शव बिहीबार बिहान १० बजे निकालिएको छ।

Laxmi sunrise bank
kumari

घटनाबारे परिसर र प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 06, 2024| 11:03 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्