काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। हिजो बुधबारको तुलनामा आज सुन तोलामा १८ सय रुपैयाँ भाउ बढेको छ।
बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो। बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रिय भन्दा उच्च दरले सुन महँगिएको हो।