मंगलबार, साउन १२, २०८३

जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरस्थित जानकी मेडिकल कलेज फेरी विवादमा तानिएको छ। व्यवस्थापकीय कमजोरीका कारण धाराशायी बन्दै गएको जनकपुरको एकमात्र मेडिकल कलेज जानकी मेडिकल कलेज प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना गरेपछि विवादमा तानिएको हो।

कलेजले देखाएको चरम लापारवाहीविरुद्ध चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीले जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन्। कलेजले एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरुलाई भर्ना गराएको भन्दै केसीले सम्बन्धन खारेजीको माग गरेका हुन्।

डा.केसीले भर्ना प्रक्रियामा अदालतको समेत चलखेल रहेको भन्दै विज्ञप्ती जारी गरी ध्यानाकर्षण गराएका छन्। ‘प्रवेश परीक्षाबिनै कलेजले गरेको भर्ना रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको अवस्थामा सर्वोच्च अदालतबाट उक्त भर्नालाई वैद्य बनाउन भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’डा.केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

एमबीबएस अध्ययन गर्न आईओएमले सञ्चालन गर्ने प्रवेश परीक्षा उतीर्ण हुनैपर्ने प्रावधान रहेपनि जानकी मेडिकल कलेजले ३४ जना भारतीय विद्यार्थीहरुलाई प्रवेश परीक्षा नै नलिइ भर्ना गरेको बुझिएको छ।

प्रक्रिया विपरित भर्ना लिइएका ती विद्यार्थीहरुलाई ५ पौषबाट सुरुहुने परीक्षामा सहभागी हुन आइओएमले वञ्चित गरेपछि यो रहस्य सार्वजनिक भएको हो। भारतीय विद्यार्थीहरुले मोटो रकम बुझाएर कलेजम भर्ना लिएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।