मंगलबार, जेठ १९, २०८३

दक्षिणकालीको भीरमा भेटियो धादिङका रामचन्द्र र सविनाको शव

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

काठमाडौं- काठमाडौंको दक्षिणकालीमा एक पुरूष र एक महिला मृत फेला परेका छन्।

National life

दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भीरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत फेला पर्नेको पहिचान खुलेको छ। उनीहरु धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सविना राई हुन्।

बुधबार साँझ भीरमा दुई जनाको शव देखेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो।

प्रहरी वृत्त कीर्तिपुरबाट समेत अनुसन्धान अधिकृतको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। सडकबाट करिब दुई सय मिटर तल भीरमा अड्किएको दुवैको शव बिहीबार बिहान १० बजे निकालिएको छ।

Shivam cement

घटनास्थल नजिक प्रदेश ३- ०२-००७  प ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको छ। घटनाबारे परिसर र प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Jun 06, 2024| 10:32 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्