बुधबार, पुस ९, २०८२

आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाएपछि...

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

काठमाडौं महानगरपालिका–७ सरस्वती नगरमा एक व्यक्तिले पेट्रोल छर्केर आफ्नै घरमा आगो लगाएका छन्। आगलागीमा घाइते भएका पाँच जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

National life

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाएका हुन्। श्रीमतीसँग घरझगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, उनकी ४४ वर्षीया श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए।

घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको बताइएको छ।

आफ्नो तीन तले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहले मंगलबार राति श्रीमतीसँगको घरझगडाका क्रममा आगो लगाएको बुझिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: Jun 05, 2024| 20:09 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्