मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरका अस्पतालले १५ दिनभित्र आफ्नै फार्मेसी खोल्नुपर्ने

काठमाडौं महानगरका अस्पतालले १५ दिनभित्र आफ्नै फार्मेसी खोल्नुपर्ने

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरले उक्त कुरा बताएको हो। 'हाल अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ता गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भएका छन्,' सूचनामा भनिएको छ, 'र चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो प्राप्त भएको छ।'

यस्तै, नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका-२०७२ मा पनि अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको बताएको छ। 

प्रकाशित: Jun 05, 2024| 19:40 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्