बुधबार, पुस ९, २०८२

माओवादी नेता सापकोटाको ज्यान मुद्दामा फैसला हुँदै

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादीका नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसलाको मिति तोकिएको छ।

National life

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबार सापकोटाविरुद्धको १९ वर्ष पुरानो मुद्दामा असार १२ गते निर्णय सुनाउने मिति तोकेको हो। पूर्वसभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। 

काभ्रेकी पूर्णीमाया लामाले आफ्ना पति अर्जुन लामालाई सापकोटासमेतले २०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। 

तर, प्रहरीले जाहेरी नलिएपछि सर्वोच्च अदालतले २०६४ सालमा उक्त निवेदन दर्ता गरी सापकोटाविरुद्ध हत्या अभियोगमा अनुसन्धान–अभियोजन गर्नु भनी परमादेश जारी गरेको थियो। त्यही परमादेशका आधारमा २०६५ साउन २७ गते सापकोटाविरुद्ध ज्यान मुद्दाको अभियोग लगाइ काभ्रे प्रहरीमा जाहेरी दर्ता भएको थियो। 

प्रकाशित: Jun 05, 2024| 19:37 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्