विराटनगर: बुधबार २ बजे विराटनगरमा आएका भारतीय राजदुत मन्जितसिंह पुरीले विराटनगरबाट भारतीय सहर पटना र कलकत्ता सम्म सिधा हवाई सम्पर्क हुनुपर्ने बताएका छन।
नेपाल उद्योग वाणिज्य संघको आयोजनामा भएको नेपाल-भारत सिमापार गोष्ठीको सम्बोधन गर्न विराटनगर आएका राजदुत पुरीले यस्तो बताएका हुन। बिहार, पश्चिम् बङाल र सिक्किमसग सिमाना भएको प्रदेश १ नेपालको मुख्य ब्यापारीक हब भएको पनि पुरीले बताए।
भारतको बथ्नाहको रेल विराटनगर आउने र नेपाल-भारत एकीकृत जाँच चौकी ब्यवस्थित भएपछि प्रदेश १ को ब्यापारीक वातावरण बढ्ने पुरीले बताए। विराटनगरको होटल एस्टर्न स्टार्समा भएको गोष्ठीमा २० मिनेट बोलेका राजदुत पुरीले नेपालको ठुलो विद्युतीय आयोजना अरुण तेस्रो पनि बनेकोले प्रदेश १ सग भारतीय ब्यापारीक सम्बन्ध प्रगाढ भएको बताए।
नितिगत कुरा संघीय सरकारसग भएपनी स्थानीय कुराहरु प्रदेशस्तरमा छलफल हुनुपर्ने पुरीले बताए। कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ, प्रदेशका प्रहरी, भन्सार अधिकारी र सिमापार भारतीय समकक्षीहरु सहभागी थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४