मंगलबार, जेठ १९, २०८३

चितवनका किसानले पाएनन् दूधको भुक्तानी

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

चितवन- चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको बताएका छन्।

National life

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ। एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ। दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड रुपैयाँबाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ। यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ।

चितवनमा पाँच सय हाराहारी पशुपालन फार्म छन्। यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ। 

Shivam cement

प्रकाशित: Jun 05, 2024| 19:01 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्