आइतबार, असार १, २०८२

जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

 |  बुधबार, जेठ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

vianetvianet

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

दार्चुलाबाट कैलाली आउँदै गरेको सुप प्र ०१ ००१ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका १ खडिलामा दुर्घटना भएको हो।

दुर्घटनामा एक जना ३ वर्षकी रितिका पार्कीको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन सकेको छैन। महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने बालिकाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो। 

जिपमा चालकसहित ९ जना सवार थिए। ती मध्ये ७ जना घाइते छन्। दुर्घटना बिहान करिब ४:३० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित: Jun 05, 2024| 09:46 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्